बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

देउवा बुढानीलकण्ठ फर्किए हुन्छ, ओली देवघाट जानुस् : नारायण वाग्ले


  • बिहिबार, मंसिर ९ २०७८
5.9K
SHARES

फाईल तस्बिर

बृहत नागरिक आन्दोलनमा सक्रिय पत्रकार नारायण वाग्लेले न्यायालयको समस्यामा प्रमुख राजनीतिक दलका नेताहरु चुप बसेको भन्दै आक्रोश पोखेका छन् । सर्वोच्च अदालतबाट सुरु भएको न्याय मार्चको बालुवाटारमा समापन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा एक महिनादेखि बालुवाटारमा सुतिरहेको टिप्पणी गरे ।

एक महिना न्यायालय अवरुद्ध हुँदाखेरि न्यायालको समस्या समाधान गरोस् भनेर बेवास्ता गरेको भन्दै पत्रकार वाग्लेले अक्रोश पोखे ।

जसले बुढानीलकण्ठमा सुतिरहेका व्यक्तिलाई पानी छम्केर बालुवाटार ल्यायो । तिनी एक महिनासम्म बालुवाटारमा सुतेको सुत्यै छन् । यदि सुतिरहने हो भने बुढानीलकण्ठ फर्के हुन्छ’ उनले भने ।

पत्रकार वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकाको समस्यालाई नजरअन्दाज गर्दै फैसला गर्ने सबै न्यायाधीशको राजीनामा मागेको भन्दै विरोध जनाए ।

‘न्याय भन्ने तत्व नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि फैसला गर्ने सबैले राजीनामा दिउन् भन्दै न्यायपालिकाप्रतिको आफ्नो जवाफदेहिता र भूमिका बिर्सने नेतालाई म भन्छु । यही सोच्ने हो भने तपाईं काठमाडौं नफर्के हुन्छ’ वाग्लेले भने ।

उनले ओलीलेलाई राजनीति छाडेर देवघाट जान सुझाव दिए । ‘नजिकै छ देवघाट छ । नारायणी किनारबाट तपाई देवघाट जानुस् । ५ लाख कार्यकर्ताले १ १ रुपैयाँ उठाए पनि तपाईलाई सुनको कमन्डलु किन्न पुग्छ’ उनले भने ।

पत्रकार वाग्लेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो क्रान्तिको कुरा गरे पनि अहिले रुवाबासी गर्दै हिँडेको टिप्पणी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा