शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशविरुद्ध राजधानीमा मार्चपास


  • बिहिबार, मंसिर ९ २०७८
8.9K
SHARES

फाइल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राजधानीमा मार्चपास गरिएको छ। जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसन, बृहत नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन्।

नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल नर्सिङ एसोसियसन, नेपाल आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा दिउँसो २ बजे सर्वोच्च अदालतको गेटबाट मार्चपास सुरु गरेका हुन्।

उनीहरुले ‘सम्पूर्ण न्यायिक प्रेम जनता एक हौं,प्रधानन्यायाधीश जबरा राजीनामा दे’लगायतका नारा लगाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा