बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेसमा चाक्सी बारी बन्दै छ अर्को शक्ति केन्द्र, देउवालाई टक्कर दिन प्रकाशमानको हुदैछ उदय…

को हुन प्रकाशमान सिंह ?


  • बुधबार, मंसिर ८ २०७८
13K
SHARES

फाइल तस्विर

चाक्सीवारि लौह पुरुष सर्वमान्य नेता स्व गणेशमानको घर हो । अहिले गणेशमान पुत्र प्रकाशमान सोही घरमा  बस्छन् ।

प्रकाशमानको पहिलो परिचय लौह पुरुष सर्वमान्य नेता गणेशमान सिंहका पुत्र हुन उनी । तर सिंहको परिचय गणेशमान पुत्रमा मात्र सिमित छैन ।  सिंह नेपाली कांग्रेस पार्टीका लडाकु नेता हुन । तल्लो तह देखि माथिल्लो तहसम्म बसेर काम गरेको अनुभव छ ।

सडकमा ढुंगा खाने देखी कांग्रेस पार्टीको १२ औ महाधिवेशनमा पार्टी सभापतिको मत भन्दा धेरै मत ल्याएर महामन्त्री बन्दै मुुलुकको उपप्रधानमन्त्री भएर देशलाई संबिधान दिलाउन मुख्य भुमिका भएका शीर्षस्थ राजनीतिज्ञ मध्येका एक हुन् ।

२०३० सालदेखि नेविसङ्घबाट राजनीति थालेका सिंह ०३६ मा नेविसङ्घ काठमाडौँ जिल्ला अध्यक्ष भए । ०३८ मा काठमाडौँ जिल्ला सदस्य र ०४३ मा जिल्ला सचिव भए । उनले ०४५ मा काठमाडौँ जिल्ला सभापति भएपछि लगातार दुई कार्यकाल नेतृत्व सम्हाले ।

त्यसपछि सिंह काँग्रेसको केन्द्रीय राजनीतिमा छिरे । ०५७ सालमा पोखरामा भएको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका सिंह ०५८ सालमा पार्टी फुट्दा शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए ।

०६४ मा पार्टी एकीकरण हुँदा उपसभापति नै भए । ०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३ औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । ०४८ र ०५१ को चुनाव हार व्यहोरेका सिंह ०५३ मा राष्ट्रिय सभामा सदस्य भए ।

देउवा नेतृत्वको सरकारमा उनी वन तथा वातावरण, कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारमा जनसङ्ख्या मन्त्रीसमेत भए । सुशील कोइराला प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री भएका उनी ०७० सालमा संसदीय दलको उपनेता भए । हाल उनी काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

आसन्न नेपाली काङ्ग्रेस महाधिवेशनमा नेता सिंह सभापतिमा उठ्ने बताई सकेका छन् ।  संस्थापन इतर खेमा रामचन्द्र पौडेल समूहमा रहेका सिंह सभापतिको आकाङ्क्षा प्रकट गरी सकेपछि आफ्नो तयारी थालेका छन् । कुनै पनि अवस्थामा सभापतिको उम्मेदवारीबाट ब्याक नहुने बताएका सिंह संस्थापन इतर समूहबाट एक मात्र उम्मेदवार बन्न सके शेरबहादुर देउवाले सभापति बाट हात धुनु पर्ने अवस्था आउन सक्ने आम कार्यकर्ताको बुझाई छ ।

तर सभापतिमा संस्थापन इतर समूहबाट एक मात्र सभापतिको उम्मेदवारी बन्ने सम्भावना कम देखिन्छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफै सभापति लड्ने बताएको अवस्थामा सिंहलाई सभापति उठेर जित्ने सम्भावना कम भए पनि पौडेल समूहमा सबैभन्दा बलिया नेता सिंह नै हुन । कोइराला परिवारका अहिलेका नेता भन्दा सिंह सिनिएर भएको कारण पनि सिंह बलियो पोजिसनमा देखिन्छन् ।

अहिले आसन्न महाधिवेशनमा सर्वसम्मत पौडेल समूहबाट आफू सभापतिको उम्मेदवारी बन्ने कसरतमा नेता सिंह रहेका छन् । अहिले चाक्सीवारि नेपाली काँग्रेस पार्टीमा उदयमान सक्तीको रूपमा उदाएको विश्लेषकहरूको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा