नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गर्न गइरहेको भन्दै यो महाधिवेशनबाट देश र जनतालाई एमालेको उपस्थिति देखाएर प्रस्ट सन्देश दिनुपर्ने खाँचो औँल्याएका छन् ।
बुधबार राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई भत्काउने कसैले दुस्साहस नगरोस्, त्यसको पहरेदारको भूमिका एमालेले निर्वाह गर्नेछ भन्ने सन्देश दिनुपर्ने खाँचो औँल्याए । सही नीति र सही नेतृत्व स्थापित गर्ने प्रयोजनका निम्ति महाधिवेशन भइरहेको भन्दै उनले केपी ओलीको विकल्प नरहेको दाबीसमेत गरे ।
मुलुकमा अहिले एमालेविरुद्ध चौतर्फी घेराबन्दीको अवस्था सिर्जना भएको पनि उनले बताए । केन्द्र र प्रदेशका सरकारबाट पार्टी बाहिरिएको, केही नेता एमालेबाट चोइटिएको र केही मिडियाको समाचार हेर्ने हो भने एमालेमा खरानी मात्र बाँकी छ जस्तो भन्ने सन्देश प्रवाह भएको अवस्थामा एमालेले दसौँ महाधिवेशनमार्फत त्यो भ्रम चिर्ने पनि उनले प्रस्ट पारे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।