नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गरेका हुन् ।
काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशन बाट भट्टराई माधव कुमार नेपाल प्यानल बाट सचिवमा निर्वाचित भएका थिए । दशौँ राष्ट्रिय महाधिवेशन सम्म आइपुग्दा एमालेको आन्तरिक राजनितीक जीवनमा निकै उताडचढाव आएको छ ।
त्यस बखत अध्यक्षमा प्रतिष्पर्धा गरेका माधव नेपाललेनै अहिले एमाले विभाजन गराएर नेकपा एसको अध्यक्ष बनेका छन् ।
एमाले सचिव भए पछि भट्टराईलाई अध्यक्ष ओलीले प्रचार विभागको जिम्मेवारी दिएका थिए । अनेरास्वीयूको राजनिती बाट आएका भट्टराई पटक पटक संसदीय निर्वाचनमा काठमाडौँबाट पारजित भए पछि ताप्लेजुङ पुगेर २०७४को प्रतिनिधीसभाको निर्वाचनमा बाम गठबन्धन बाट विजयी भएका थिए ।
भट्टराईको निर्वाचन क्षेत्रमै पुगेर एमाले अध्यक्ष ओलीले ताप्लेजुङवासीलाई तपाईहरु सांसद बनाएर पठाउँनुस म मन्त्री बनाएर पठाउँछु भनेर वाचा गरेका थिए । ढिलै भए पनि ओलीले आफ्नो वाचा पुरा गरेर संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्मेवारी दिएका थिए तर उनी ओलीले पौष पाँच गते संसद विघठन गरे पछि राजिनामा दिएर माधव नेपाल र प्रचण्ड सँग लागेका थिए ।
पछि एक कार्यक्रममा ओलीले भट्टराईलाई सार्वजनिक रुपमै वैगुनी केटो भनेर भनेका थिए । वैगुनी केटो अहिले पनि उनको उपनाम जस्तै बन्न पुगेका छ । रिस उठ्ने वित्तिकै हर कोहीले उनलाई सोही नामले गाली गर्ने ट्रेन्डनै चलेको देखिन्छ ।
माधव नेपाल प्रचण्ड तिर लागेर त्यस बखत ओली विरुद्ध चर्को भाषण गरेर हिँडेका उनी माधव नेपालले पार्टी विभाजन गर्दा भने नेकपा एस तिर लागेनन् ,एमालेमै रहे । अब आशन्न महाधिवेशनमा उनको हैसियत के हुने हो सबैको चासोको बिषय बनेको छ ।