बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

खुमबहादुरका छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, बाबुको विरासत लिँदै केन्द्रीय सदस्य लड्ने सङ्केत !


  • बुधबार, मंसिर ८ २०७८
7.7K
SHARES

फाइल तस्विर

दाङबाट अनुराग खड्का नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

बुधबार दिउँसो प्राप्त नतिजा अनुसार खड्काले दाङको निर्वाचन क्षेत्र नं. १ मा खुल्ला (प्रत्यक्ष) तर्फबाट २१ प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी ४९७ मत प्राप्त गरि निर्वाचित भए।

दाङको निर्वाचन क्षेत्र नं. १ मा कुल ६९४ मतदाता मध्ये ६८५ जनाले मत खसाएको थियो।

खड्का पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन्। जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा जित्ने खड्का सबैभन्दा कान्छो उमेरका ब्यक्ति हुन्। उनी जम्मा २८ वर्षका छन्।

दाङ निर्वाचन क्षेत्र नं। १ नेता खुमबहादुरको गृह नगर हो। सशस्त्र द्धन्दको समयमा माओवादीले खड्काको सतवरियास्थित घर बम हानेर ध्वस्त पारिदिएका थिए। गत वर्ष मात्रै अनुरागले लमही नगरपालिका वडा नं। ८ सतबरियामा पुनः घर निर्माण गरि सक्रिय राजनीति थालेका थिए।

सबैभन्दा लोकप्रिय मत दिएर निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद दिदै उनले भविस्यमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्दै नेताहरु संग छलफल गरेर केन्द्रीय सदस्य लड्ने संकेत गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा