नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन्।
धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो। त्यसैले पुरानो घर त्यानुपरेको हो।’ नेता नेपालले एमालेले सूर्य चुनाव चिन्हको धाक नलगाउन समेत भनेका छन् । उनले भनेका छन् सूर्यको धाक नलगाऊ सूर्यमा ग्रहण लागि सकेको छ ।
अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै थपे, ‘न्याय र सत्यको जित अवश्य हुनेछ।’ नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै ठूलाठूला काम गरेको, राजाको शासन उखेलेर फालेको पनि बताए।
उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए। अध्यक्ष नेपालले नेकपा एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।