शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्यूठानमा कांग्रेसका दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


  • मंगलबार, मंसिर ७ २०७८
8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटको मतगणनास्थलमा दुई समूहबीच झडपको स्थिति निम्तिएपछि प्यूठानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्यूठान नगरपालिकास्थित विजुवारमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद निम्तिएपछि दुबै समूह एक-अर्कामा जाइलागेका थिए।

स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको प्यूठान प्रहरीका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।

मंगलबार बेलुका दुबै समूहबीच विवाद भएको थियो।

स्वर्गद्वारी क्याम्पस प्यूठान विजुवारमा जारी मतगणना स्थलमा दुई पक्षका बीचमा लफडा भएपछि प्रहरीले अश्रग्यास हानेको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सेतोपाटीलाई बताए।

‘मतगणनाका क्रममा कसैले टिनमा ढुंगा हानेपछि विवाद उत्पन्न भयो र स्थिति तनावपूर्ण बनेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो,’ भुसालले भने।

अहिले स्थिति प्रहरीको नियन्त्रणमा रहेको उनले बताए। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यले पनि अश्रुग्यास मात्रै प्रहार भएको सूचना आफूले पाएको बताए।

प्यूठानमा सभापति पदमा शिव रिजाल र विष्णु गिरी चुनावी प्रतिस्पर्धामा थिए।

एक हजार ८४ मत खसेकोमा मतगणना अन्तिम चरणमा पुगेको समयमा विवाद भएको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा