शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा ब्रेक लग्यो , निकट नेताहरू भए दुई चिरा !


  • मंगलबार, मंसिर ७ २०७८
9.8K
SHARES

फाइल तस्विर

चितवनमा शुक्रबार शुरु हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू दुई धारमा देखिएका छन् ।

कतिपय नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गर्दै आएपनि निर्वाचनको सम्भावना बढेसँगै ओली निकट नेताहरू पनि विभाजित हुन पुगेका हुन् । अध्यक्ष पद छोडेर बाँकीमा प्रतिस्पर्धा गर्ने गरी दुई धार बन्न पुगेको एक नेता बताउँछन् । सुवास नेम्वाङ र महेश बस्नेतले उम्मेदवारी घोषणा गरेरै त्यो संकेत दिइसके,’ ती नेता भन्छन्, हामी पत्रकार सम्मेलन गरेर होइन, चितवनमा उचित समयमा उम्मेदवारी दिने हो ।’

आफूलाई लगातार साथ दिइरहेका नेताहरू दुई धारमा विभाजित भएकाले सर्वसम्मत रुपमा पदाधिकारी टुंग्याउन प्रयत्न नगर्ने निश्कर्षमा अध्यक्ष ओली समेत देखिएका छन् ।

सोमबार सम्पादकहरुसँगको अन्तर्क्रियामा पनि ओलीले महाधिवेशनपछि मात्रै आफ्नो उम्मेदवार तय हुने बताए । ‘सहमतिमार्फत् वा चुनाव जितेर आउने नेता नै मेरो उम्मेदवार हो’, वरिष्ठ उपाध्यक्षको उम्मेदवार को हो भन्ने प्रश्नमा ओलीले भनेका थिए ।

‘सहमतिका लागि आग्रह गर्दिनँ, नेताहरूको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ’, ओलीको भनाइ थियो । आग्रह गर्दा पनि दबाव हुन जाने भएकाले कसैलाई केही नभन्ने ओलीले बताए । जबकी ओलीले चाहेमा सहमतिमै पदाधिकारी टुंगिने अनुमान गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा