नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गरेका छन् । मंगलबार महाधिवेशनबारे सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले सर्वोच्च अदालत परिसरमा भइरहेको आन्दोलन दुःखद भएको टिप्पणी पनि गरेका हुन् ।
अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ त्यो दुःखद छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले टाउकाको औषधी नाइटोमा लाएर सम्भव नहुने पनि बताए । ‘टाउको दुखेको औषधी नाइटोमा प्रधानन्यायाधीशको राजीनामा मागेकोप्रति अमुक व्यक्ति हटेपछि भन्ने तरिका ठिक नभएको ओलीको भनाइ छ । उनले सबैले राजीनामा गर्नुपर्ने आफूले देखेको समेत बताए । ‘उहाँहरू प्रति यत्रो प्रश्न उठिसकेपछि, सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ मलाई’, ओलीले अन्य न्यायाधीशहरूले पनि राजीनामा गर्नुपर्ने बताए । यद्यपी उनले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदूषण कम नहुने दाबी गरे । ‘अनि लागेको क्यान्सर छ कुखुराको अण्डा मन्साउने ? कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?,’ओलीको प्रश्न छ ।
उनले न्यायालय स्वतन्त्र र निष्पक्ष होस् भन्ने चाहेको पनि बताएका छन् । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायालय स्वतन्त्र रहने भन्दै ती संस्थाहरू स्वतन्त्र ढंगले नै चल्नुपर्ने बताए । उनले कोही कसैबाट संविधान र कानुन मिच्ने काम भए न्यायालयले निष्पक्ष फैसला गर्ने भएकाले नै अदालतप्रतिको आस्था र विश्वास बढ्ने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।