नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चोइटिएर गएको माधव नेपालको झुन्डलाई पार्टीको दर्जा दिन नसकिने बताएका छन् । नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् ।
‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरूसँग उनले भने ।
आउने चुनाव पछि एमालेले सरकार चलाउने उनको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उनले भने । माधव नेपालको समूह चोइटिएर गएको हो । चैटिएर गएकालाई पार्टीको दर्जा दिएर महाधिवेशनमा निम्ता दिने कुरा हुँदैन भन्दै ओलीले माधव नेपालको कुनै पार्टी नै नभएको उनको सङ्केत थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।