नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौति नदिएको बताएका छन् । मंगलबार महाधिवेशनवारे सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफु उठ्छु भनेर स्नेहपूर्ण सुझावस्वरुप आफूलाई सहयोग गर्न भनेको बताए ।
‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु’, ओलीको भनाइ छ । उनले लोकतन्त्रमा चुनौति दिन पनि पाइने बताए । ‘मलाई कसैले चुनौति दिए स्वागत गर्छु । लोकतन्त्रमा चुनौति दिन पाइन्छ । म अरुलाई नउठ भनेर दवाव महशुस हुने खालको अभिव्यक्ति दिन्न’, अध्यक्ष ओलीले भने, ‘म उठ्ने नउठ्ने कुनै निर्णय भएको छैन । म उठ्ने भएँ भने अरुलाई कुनै दवाव पनि दिन्न ।’
त्यस्तै अध्यक्ष ओलीलाई तपाईंले मन पराएको वरिष्ठ उपाध्यक्ष को हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा भने, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो निर्विरोध हुन्छ या बढी भोट ल्याएर जित्छ । अन्यको हकमा पनि त्यही हुन्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।