शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गौर नगरपालिकामा अख्तियारको छापा


  • मंगलबार, मंसिर ७ २०७८
11.6K
SHARES

फाइल तस्विर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका छानबिन गरेको छ ।

आयोगको टोलीले गौर नगरपालिकाको केही आवश्यक  कागजातहरू चेकजाँच गरेको हो । गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको  उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक  हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा