शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हिटर ताप्दै हुनुहुन्छ ? हिटर ताप्दा यी कुराहरुमा ध्यान दिनुहोस्


  • मंगलबार, मंसिर ७ २०७८
9.9K
SHARES

फाइल तस्विर

अहिले जाडोयाम चालु छ । जाडो बढेसँगै अत्याधिक चिसोका कारण कतिपय ठाउँमा जनजीवन प्रभावित भइरहेको छ । जाडो वा चिसोबाट बच्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग जानिएन भने स्वास्थ्यमा असर पर्ने मात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले हिटर प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

हिटरबाट उत्पन्न हुने कार्बन मोनोक्साइड ग्यास स्वास्थ्यका लगि हानिकार हुने भएकोले कोठा बन्द गरेर हिटर बाल्नु हुँदैन ।

हिटरलाई वेलावेलामा बन्द गरी प्रयोग गर्नुपर्छ । र, प्रयोग नभएको समयमा झनै यसलाई सधैँ बन्द गर्न आवश्यक छ । राति सुत्ने वेला पूर्ण रूपमा हिटर बन्द गर्नुपर्छ ।

हिटरको तापक्रमले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् । त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन ।

बालबालिकाको नजिक वा बाटोमा हिटर कहिल्यै राख्नु हुँदैन ।

मुटु, श्वासप्रश्वासजस्ता रोगका बिरामीले हिटर प्रयोग गर्नु हुँदैन ।

मनतातो पानी, चिया, कफीजस्ता पेयपदार्थ पिउँदै हिटर ताप्नु उचित
हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।

आगोले टिप्ने वस्तु हिटरअगाडि वा नजिक राख्नु हुँदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा