शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेस काठमाडौँ – ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित


  • मंगलबार, मंसिर ७ २०७८
8.2K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनीका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे ।

यस्तै, सचिवमा जनकराज उप्रेती १६५०, सृजना बुर्लाकोटी अर्याल १७६, सहसचिवमा दीपेन्द्र थापामगर १५७ र दिलीप अधिकारी १६१ मत ल्याई विजय भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए ।

काठमाडौँ क्षेत्र नम्बर ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा