बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

काँग्रेस कार्यकर्ताको अक्रोस् : महाधिवेशनमा पैसाको बलमा दलाल स्वाँठ हरू सलबलाए !


  • सोमबार, मंसिर ६ २०७८
8.5K
SHARES

तस्विरः फाइल

मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस यति बेला आफ्नो पार्टीको महाधिवेशनमा होमिएको छ । देशभर ७७ ओटै जिल्ला क्षेत्रहरुमा धमाधम आन्तरिक चुनाब हुदैछन् । वडा पालिका प्रदेश हुदै आज क्षेत्रको अधिवेशन कांग्रेसले गरिरहेको छ ।

तर असली कार्यकर्ताहरू पदमा पुग्न नसकेको गुनासा विभिन्न माध्यमबाट आउन सुरु भएको छ । पैसाको बलमा दलाली गर्नेहरू पार्टीभित्र हाबी भएको कार्यकर्ताहरूको गुनासो रहँदै आएको छ ।

विभिन्न ठाउँमा पढ-लेख र योगदान भन्दा पनि दलाली र चाकडीका भरमा मान्छे चुनिएको कार्यकर्ताको बुझाई छ । पूर्ण लोकतान्त्रिक पार्टी भनिए पनि केन्द्रको निर्देशनमा मान्छेहरू चुनिँदै आएको गुनासाहरू आएका छन् ।

तर काँग्रेसका नेताहरु यो मान्न तयार छैनन् । मुलुकको पुरानो र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पूर्ण लोकतान्त्रिक प्रक्रिया बाटै वडा देखि केन्द्र सम्म नेताहरू चुनिने शीर्ष नेताहरू बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा