शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

जनताको प्रश्न विप्लवलाई : नेपाल बन्द गरेर पेट्रोलको मूल्य कति घटायौ ?


  • सोमबार, मंसिर ६ २०७८
13.1K
SHARES

फाइल तस्विर

नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कात्तिक गत ३० गते नेपाल बन्दको आह्वान गरेको थियो । नेपाल बन्द गर्नुको कारण थियो पेट्रोलियम पदार्थको मूल्य वृद्धि ।

तर सो बन्दले जनताले सास्ती पाउने बाहेक केही उपलब्धि नभएको जनताको बुझाई छ । आम सिक रूपमा बन्द भए पनि सार्वजनिक यातायात तथा निजी स्कुल हरू गत कार्तिक ३० मा बन्द रहे तर जनताले के पाए भन्ने प्रश्न विभिन्न सामाजिक सञ्जालमा सर्वसाधारणले उठाएका छन् ।

विप्लवको नेपाल बन्दले पेट्रोलियम पदार्थको मूल्य कति घट्यो भन्ने प्रश्न हरू उब्जिएका छन् । सस्तो लोकप्रियताका लागि मात्रै विप्लवले आन्दोलन गरेको बुझाई जनताको रहेको बुझ्न सकिन्छ ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु को मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने घोषणा विप्लवले समूहले गरेको थियो । पार्टीका महासचिव विप्लवले प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए तर मूल्य वृद्धि जस्ताको तस्तै रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा