शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ड्राइभिङ लाइसेन्स अब इलामबाटै


  • सोमबार, मंसिर ६ २०७८
7.4K
SHARES

प्रतिकात्मक तस्बिर

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षाकै लागि झापा तथा सुनसरी जानुपर्ने बाध्यता अब भने हटेको छ । सदरमुकाममा रहेको यातायात व्यवस्था सेवा कार्यालयमार्फत लाइसेन्सका लागि लिखित र प्रयोगात्मक (ट्रायल) इलाममा नै हुने भएपछि पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने अपेक्षा लिइएको छ ।

यसअघि सवारी लाइसेन्स लिन झापा, सुनसरीलगायत स्थान जानुपर्ने र महिनौं कुर्नुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीहरूलाई समय र खर्च दुवैको बचत हुने भएको छ ।

इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले यहाँबाट सेवा लिन सहज हुनेछ । यसअघि झापाको बिर्तामोड र सुनसरीको इटहरीको यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यता थियो । सातामा तीन पटक परीक्षा सञ्चालन गरिने सवारी लाइसेन्सको अनलाइन फाराम भर्न तथा परीक्षा सञ्चालन गर्न मन्त्रालयबाट अनुमति प्राप्त भइसकेको कार्यालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा