नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा न्याय किनबेच भइरहेको बताएका छन् । गरिबका मुद्दा वर्षौंसम्म अल्झाएर पैसावालाका मुद्दा हेर्ने गरिएको उनको आरोप छ ।
“गरिबका मुद्दा वर्षौं अल्झिन्छन्, पैसावालका मुद्दा फास्टट्रयाकमा प्रधानन्यायाधीश आफैंले सुनुवाइ गर्छन् । गरिबको न्याय किनबेचमा छ । यसका विरूद्ध नेपाल बारले आन्दोलन गरिरहेको छ,” अध्यक्ष श्रेष्ठले भने ।
बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाई भएको एकमहिना भइसकेको भन्दै उनले तत्काल सर्वोच्चको अन्योल हटाउनु पर्नेमा जोड दिए । “ तर, प्रधानन्यायाधीश संवैधानिक बाटोबाट मात्र विदा लिन्छु भन्दै हुनुहुन्छ । यस्तो अवस्थामा दल र संसदको भूकिका आवश्यक छ,” अध्यक्ष श्रेष्ठले सभामुख र राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउनु अगाडि भने, “हामी न्यायापालिकाको यो अवस्थाप्रति संसद र दलहरू किन चासो राखिरहेका छैनन् भनेर संसदको ध्यानाकर्षण गर्न सम्माननीयसमक्ष आएका छौं ।”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।