शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बाहिरियो भित्री रहस्य : काँग्रेस नेता गगन थापा महामन्त्रीबाट ब्याक हुने.. केन्द्रीय सदस्यमा प्याक हुने !


  • सोमबार, मंसिर ६ २०७८
8.4K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता गगन थापाले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी कुन समूहबाट उम्मेदवार बन्ने भन्ने टुङ्गो छैन । आसन्न चलिरहेको महाधिवेशनमा काठमण्डौमा प्रकाशमान निकट रहेर अधिवेशनमा होमिए पनि नेता थापाले सभापतिको रूपमा प्रकाशमानलाई चित्रण गर्न सकेको अवस्था छैन ।

सिटौला खेमा छोडेको हल्ला चलेर एकाएक पौडेल खेमामा आकर्षित हुँदै पूर्व महामन्त्री सिंह सँग तालमेल गरे जस्तो देखिए पनि नेता गगनको खेमा अझै स्पष्ट छैन ।

गगन थापा माहामन्त्री जित्ने दाउसहित पार्टी सभापति शेरबहादुर क्याम्पमा जाने अन्तिम सम्म प्रयास रहेने काँग्रेस निकट स्रोत दाबी गर्छ । तर देउवा क्याम्पमा धेरै भेट्रान नेताहरू महामन्त्रीको आकाङ्क्षी रहेकाले देउवा खेमामा जान गगन सक्ने अवस्थामा देखिँदैनन् ।

पौडेल खेमामा आनुका पछाडि गगन थापामो दाउ पौडेल खेमाले साझा सभापतिको उम्मेदवार दिएको खण्डमा महामन्त्रीमा लड्ने र चुनाव सजिलै जित्ने मनसाय हुन सक्छ ।

तर पौडेल खेमा सभापतिकै आकाङ्क्षीहरू ३ जना देखिए पछि युवा नेता थापा महामन्त्रीबाट ब्याक हुने स्रोतको दाबी छ । पौडेल खेमामा ३ नेता रामचन्द्र पौडेल , प्रकाशमान र शेखर कोईराला सभापति उठ्दा अघिल्लो पटकको अधिवेशनमा भन्दा कम मत आएर पराजित हुने सम्भावना बुझेका थापा महामन्त्रीमा ब्याक हुन सक्ने स्रोतको दाबी छ ।

महामन्त्री हारिएको खण्डमा यो पटक अघिल्लो पटकको जस्तो केन्द्रीय सदस्य मनोनीत गर्ने विधान नरहेकाले थापा हारिने महामन्त्री नलड्न सक्ने सम्भावना रहेको स्रोत बताउँछ ।

यो माहाधिवेशनबाट गगन थापा हारे थापाको राजनीतिक भबिस्य मानै दरार सिर्जना हुने भएकाले महामन्त्रीमा ब्याक भएर केन्द्रीय सदस्यमा प्याक हुन सक्ने स्रोतको ठम्याई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा