नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओलीको मनसाय राजतन्त्र फर्काउने जस्तो देखिने गरेको गम्भिर आरोप लगाएका छन् ।
आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले कम्युनिष्ट पार्टीको अध्यक्षले दुई / दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने बताए ।
उनले ओलीको यी गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको आरोप लगाए । उनले भने, “ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।