नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसाल महाधिवशेन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुगेका हुन्।
‘उहाँलाई धेरैतिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ। महासचिवमा उठ्दा हार्न सकिने तर उपाध्यक्षमा सम्भावना हुने शुभचिन्तकको बुझाइ छ ।
उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ। यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन्।
एमालेको १० औं महाधिवेशनमा अहिलेसम्म भीम रावलले मात्रै अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।