शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरूलाई कानुनी कारबाही : मन्त्री श्रेष्ठ


  • सोमबार, मंसिर ६ २०७८
5.6K
SHARES

फाइल तस्विर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले ‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

मन्त्री श्रेष्ठले श्रमिकहरूलाई एजेन्टमार्फत् नभई सिधा म्यानपावरसम्म पुर्‍याउनका लागि पहल गर्ने बताए।

सरकारले श्रमिकहरूको हकहितमा केन्द्रित रहेर केही विशेष निर्णय गर्न लागेको पनि बताए।

मन्त्री श्रेष्ठले भने,‘अहिले वैदेशिक रोजगारमा सबभन्दा भाषा, भाषण, कस्तो मिठो छ, फ्रि भिसा, फ्रि टिकट, भन्दा त असाध्यै राम्रो हो। अब यसलाई कसरी व्यवस्थित गर्ने ? मैले यो भर्खरै फ्रि भिसा, फ्रि टिकट लागू क्यान्सिल गरिदिने हो भने बाहिरी विभिन्न स्यालहरू छन्, बस्न खान दिँदैनन्, सर्भिस चार्ज १० हजार भनिएको छ, यसमा जाने श्रमिक पनि ठगिएको छ, राज्यले लिने कर पनि लिन पाएको छैन, सरकार ठगिएको छ, श्रमिक ठगिएको छ। यस विषयमा छलफल गरेर केही निर्णय गर्दैछौं।’

मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता श्रमिकहरूको हकहित हुने बताए।

उनले श्रमिकहरूको हकहित खोस्नेहरूलाई कानुनअनुसार कारबाही गरिने पनि बताए।

मन्त्री श्रेष्ठले ठगिएका श्रमिकहरूको कुरा नसुनी कुनै मुद्दा नछिन्ने बताउँदै जतिसुकै दबाब आए पनि श्रमिकको सुरक्षा र हकहितमा लागिरहने प्रतिवद्धता जनाए।

उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई कारबाही गर्न मन्त्रालय कटिबद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले भने, ‘कानुनले अब ठोक्छौं, ठोक्ने कुरामा म र सचिवज्यू तयार छौं, नराम्रो काम गर्नेलाई छोड्दैनौं, यो बीचमा हाम्रो पहिलो प्राथमिकता र अर्जुनदृष्टि श्रमिकहरूको हकहित हुनेछ, श्रमिकहरूले दुःख पाउनु भएन, ठगिनु भएन भन्ने कुरामा हाम्रो पहिलो अर्जुनदृष्टि छ।’

जस्तोसुकै प्रेसर आए पनि पीडितलाई न्याय दिलाउन आफू प्रतिबद्ध भएको उनले बताए।

‘अहिले पनि मेरो र सचिव ज्यूको टेबलमा ठगिएका मुद्दा छन्, मैले पहिलो प्राथमिकता, पहिलो अर्जुनदृष्टि ठगिएका पीडितको कुरा नसुनी केही पनि मुद्दा छिन्दिनँ, ठगिन्छन् माथिको फोर्स आएपछि छुट्छन् भन्ने तपाईंहरूको पुरानो अनुभव हो, तर किसान श्रेष्ठ आइसकेपछि त्यो अनुभव गर्न पाउनुहुन्न’, उनले भने,’मलाई जत्रो प्रेसर आओस्, जे आओस्, पीडितलाई न्याय दिलाउने कुरामा मन्त्रालय, विभाग, कटिबद्ध छ, यदि सकिएन भने, विभागहरूले सकेन भने मन्त्रालय र सचिवबाट त्यसको माफी हुँदैन।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा