शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

काँग्रेसले १४८ निर्वाचन क्षेत्रमा अधिवेशन गर्दै, महाधिवेशन प्रतिनिधि पनि चयन हुने


  • सोमबार, मंसिर ६ २०७८
7.7K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बताए ।

१४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको हो । संयोजक यादवले भने, ‘१४ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ ।

सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । उक्त जिल्लाको विवाद समाधानका लागि महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको थियो ।

आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

आज केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने छ । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् । आज महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अधिकांश केन्द्रीय नेताहरु गृह जिल्लामा रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा