प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरेका छन्।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे।
‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ। यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होईन। खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरू विभिन्न क्षेत्रहरु सञ्चार माध्यममा बाह्य लगानीलाई पूर्ण रूपले निषेध गरिएको छ। अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नुभयो। त्यो हामीले बुझेका छैनौं’, प्रवक्ता ज्ञवालीले भने।
आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यममा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुरा स्वागत गर्न नसकिने स्पष्ट पारे।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।