शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अध्यक्षमा उम्मेदवारी घोषणा गर्न केन्द्रीय कार्यालयमा ठाउँ दिइएन: भीम रावल


  • आइतबार, मंसिर ५ २०७८
10.9K
SHARES

फाइल तस्विर

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले आज रिपोर्टस क्लव पुगेर आफू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आफूले एमाले केन्द्रीय कार्यालय थापाथलीबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागे पनि उक्त ठाउँ उपलब्ध हुन नसकेको रावलले बताए।

‘मैले हाम्रो पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट उम्मेदवार घोषणा गर्न चाहेको थिएँ। कार्यालयबाटै उम्मेदवारी दिने उद्घोष गर्नु उपयुक्त हुन्थ्यो,’ रावलले भने, ‘तर मैले महासचिवजीबाट के थाहा पाएँ भने अहिले महाधिवेशनको व्यस्तताको कारणले गर्दा त्यहाँ भएको सबै कक्षहरू खाली छैनन्। त्यसैले यहाँहरूलाई लागेको होला- यस्तो महत्वपूर्ण विषय केन्द्रीय कार्यालयबाट नगरेर किन रिपोर्टस् क्लबबाट गर्नुपर्ने अवस्था आयो भन्ने। यो जिज्ञासा सम्बोधन गर्न मैले यति कुरा भनेको हो।’

एमाले महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा