शनिबार, साउन ९ २०८३
ताजा अपडेट

निमित्तको जिम्मा तेस्रो वरियताकालाई दिइएको भन्दै नेपाल प्रहरीमा असन्तुष्टि


  • आइतबार, मंसिर ५ २०७८
10.1K
SHARES

फाइल तस्विर

एआईजी निरजबहादुर शाहीले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका छन् । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान टर्की प्रस्थान गरेपछि शाहीले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् ।

निमित्त प्रहरी महानिरीक्षकको जिम्मा पाएका शाही तेस्रो वरियाताका हुन् । महानिरीक्षक थापाको अनुपस्थितीम शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामको जिम्मेवारी पाउने जनाइएको छ ।

उता तेस्रो बरियताका एआईजी शाहीलाई जिम्मेवारी दिइएको भन्दै दोस्रो बरियताका एआईजी हरिबहादुर पालले असन्तुष्टि जनाएका छन् ।

उनले असन्तुष्टि जनाउदै विदामासमेत बसेकाे बताइएकाे छ । उनी प्रहरी महानिरीक्षक क्षेत्रीलाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नगएको बुझिएको छ ।

प्रहरी नियमावलीमा बरिष्ठतमलाई कार्यवाहकको जिम्मा दिनुपर्ने उल्लेख गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा