मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

इन्डक्सन किन्ने तयारीमा हुनुहुन्छ ? यसरी थाहा पाउनुहोस् राम्रो क्वालिटीको इन्डक्सन चुल्हो


  • KTM Khabar
  • आइतबार, मंसिर ५ २०७८
12.1K
SHARES

फाइल तस्विर

बजारमा अनेकन मोडलका इन्डक्सन चुल्हो पाइन्छन् । त्यसका मूल्य पनि फरक फरक छन् । चिनियाँ कम्पनीका इन्डक्सन कम मूल्यमा पाइन्छ भने विशेष गरी भारतीय र तेस्रो देशमा बनेका इन्डक्सन चुल्होको मूल्य अलिक बढी पर्छ ।

अन्तर्राष्ट्रिय बजारमा अझै पनि ग्यासको मूल्य वृद्धि हुने क्रम जारी रहेकाले नेपालमा पनि मूल्यवृद्धि हुने सम्भावना अझै रहेको छ ।
यस्तो अवस्थामा उपभोक्ता इन्डक्सन चुल्होतर्फ आकर्षित हुने सम्भावना देखिन्छ ।

के हो इन्डक्सन ?
इन्डक्सन चुल्होले चुम्बकीय प्रतिक्रियाद्वारा भाँडोलाई तताउने काम गर्छ । यसको ताप सिधै भाँडामा पर्ने हुनाले भाँडो एकदमै छिटो तात्छ । ताप पनि सबैतिर समानरुपमा जाने भएकाले ग्यासको तुलनामा इन्डक्सन चुल्होमा चाँडो खाना पाक्नुका साथै राम्रो तरिकाले पनि पाक्छ ।

यसरी थाहा पाउनुहोस् राम्रो क्वालिटीको इन्डक्सन चुल्हो

पावर
इन्डक्सन चुल्हो खरिद गर्दा सबैभन्दा ध्यान दिनुपर्ने विषय भनेकै त्यसको पावर हो । जति बढीको पावर हुन्छ, त्यति नै चाँडो खाना पाक्छ । सामान्यता इन्डक्सनमा १००० देखि २००० वाट क्षमता हुन्छ । बजार मूल्यका आधारमा जति बढी पावर हुन्छ, त्यति नै बढी पर्ने गरेको छ ।

प्रि सेट
बजारमा प्रयोगकर्ताको सजिलोका लागि इन्डक्सन उत्पादक कम्पनीले प्रि सेट मेन्यू पनि राखेका हुन्छन् । त्यसले कुन खाना पकाउँदा कति तापक्रम चाहिन्छ भन्ने कुरा निर्धारण गर्ने गरी व्यवस्था गरिएको हुन्छ ।

त्यसका लागि तपाईले शुरुमा कति तापक्रममा पकाउने हो, त्यसको निर्धारण गरेमात्रै हुन्छ । यस्तो सुविधा भएको चुल्हो नेपालका लागि बढी उपयुक्त हुन्छ ।

सुरक्षा
सामान्यतया मानिसहरुमा इन्डक्सनमा खाना पकाउँदा करेन्ट लाग्छ कि भन्ने डर पनि रहेको छ । सोही कारण चुल्हो खरिद गर्दा त्यसको सुरक्षा प्रणालीको बारेमा पनि ध्यान दिन जरुरी हुन्छ ।

केही कम्पनीका चुल्होमा भाडा निकाल्ने बित्तिकै तापक्रम घट्ने प्रणाली राखिएको हुन्छ । त्यसलाई अटो प्यान डिटेक्सन भनिन्छ । त्यो भनेको तपाईले प्यानबाट भाडा निकाल्ने बित्तिकै तापक्रम घटी हाल्छ र राख्ने वित्तिकै पुनः बढ्न थाल्छ । यसको अर्को फाइदा पनि छ । यदि तपाईले चुल्हो बन्द गर्न बिर्सनु भयो भने पनि यो आफै बन्द हुन्छ । यस्तो विशेषता भएको चुल्होले आगलागी हुने जोखिम पनि कम गर्छ ।

प्यानको आकार
यस्तै, चुल्हो खरिद गर्दा प्यानको आकारलाई पनि ध्यान दिन जरुरी हुन्छ । बजारमा चुल्हो ठूलो र सानो दुवै आकारको पाइन्छ । चुल्हो भाडा भन्दा सानो भयो भने त्यसले काम गर्दैन । भाडाको साइज र चुल्हो दुवै मिल्नुपर्छ । त्यसका कारण खरिद गर्दा प्यानको आकार र त्यसको साइजलाई पनि ध्यान दिन जरुरी छ ।

पानी नपस्ने ग्यारेन्टी
इन्डक्सन खरिद गरेको केही समयभित्र बिग्रियो भने त्यसको कुनै अर्थ भएन त्यसकारण इन्डक्सनको भित्रपट्टी रहेको क्वाइल वा अन्य उपकरणमा पानी नपस्ने खालको सुरक्षा उपकरण भएकाको खरिदमा ध्यान दिन जरुरी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा