एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भए सँगै ओलीको सर्वसम्म अध्यक्ष बन्ने योजनामा तुसारापात हुने आकलन गरिएको छ । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावल निकट स्रोत बताउँछ ।
रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।
एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ ।
ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् । एमालेका तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।