शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सुर्खेतबाट काठमाडौँ गइरहेको बस दाङमा दुर्घटना, २९ यात्रु घाइते


  • आइतबार, मंसिर ५ २०७८
13.6K
SHARES

फाइल तस्विर

सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको उक्त बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो । वडा प्रहरी कार्यालय लमहीका अनुसार बसमा सवार रहेका २९ यात्रु घाइते भएका हुन् ।

७ जना घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने लमही अस्पतालमै उपचार भइरहेको छ ।

बसको पट्टा भाँचिएर अनियन्त्रित भएपछि दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा