नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले, प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरु दिन तयार रहेको बताएका छन् ।
संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग आइतबार बिहान भएको भेटमा नेपालले सो कुरा बताएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनरत विद्यार्थी नेताहरु नेता नेपालको ध्यानाकर्षण गराउन गएका थिए । सो क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘आपूर्ति मन्त्री नहुँदा पनि समस्या छ । प्रधानमन्त्री आफैंले सबै हेर्न पनि सकिंदैन । हामीले भनेका छौं अरु कोही पाइया छैन भने हामी छँदैछौं नि मन्त्री दिने । तर सुन्दैनन् अब गर्ने के ?’
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको कोटाबाट जबराका जेठान नेता पर्ने गजेन्द्र हमाललाई आपूर्ति मन्त्रीमा नियुक्त गरेका थिए । तर त्यसको सर्वत्र विरोध भएपछि हमालले भोलिपल्टै पदबाट राजीनामा दिएका थिए ।
जनतालाई मर्का पर्ने गरी मूल्यवृद्धि गर्न नहुने बताउँदै नेपालले यसबारे गठबन्धनका नेताहरुसँग छलफल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।