कानुनले विदेशी लगानी प्रतिबन्ध गरेको अवस्थामा भारतीय योगगुरू र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा दुई टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामदेवको नेपालमा स्वीकृति नै नलिएको टिभी च्यानलको उद्घाटन भएको विषयमा जानकारी नभएको बताएका छन्।
भरतपुर विमानस्थलमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको दुई टेलिभिजन च्यानल उद्घाटन कार्यक्रममा प्रचण्ड पनि सहभागी थिए।
स्वीकृत दिने व्यक्ति होइन, मेरो पार्टीले नेतृत्व गरेको मन्त्रालय पनि होइन,’ उनले भने, ‘मैले सोध्दा त विधिवत रूपमै हो भन्नुभाथ्यो।’
कानुनले विदेशी लगानी प्रतिबन्ध गरेको अवस्थामा भारतीय योगगुरू र पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा दुई टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन्।
दर्ताबिना कुनै पनि सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्था छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।