मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

नुवाकोट काङ्ग्रेसमा केसीका सबै उमेदवारको लज्जास्पद हार, देउवा समुहको बर्चस्व !


  • KTM Khabar
  • आइतबार, मंसिर ५ २०७८
1.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेस नुवाकोटको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा रामचन्द्र पौडेल खेमाका अर्जुन नरसिंह केसी दाजुभाई समुहको टीमले लज्जास्पद हार व्यहोर्नुपरेको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको हो ।

नुवाकोटको ४ वटा प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदिशनरसिंह केसी निकटका सबै उम्मेदवारहरु पराजित भएका हुन् । शुक्रबार राति सार्वजनिक भएको मत परिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा प्रकाशशरण महत निकटका उमेदवारहरु विजयी भएका छन् ।

अर्जुननरसिंह केसीका नातेदार तथा स्वकिय सचिव सरोज केसीले नेतृत्व गरेको टिमका उमेदवारलाई पराजित गर्दै देउवा समुहका उमेदवारहरु विजयी बनेका हुन् । त्यस्तै प्रदेश सभा (ख) मा पनि देउवा पक्षिय उमेदवार प्रदेशसभाको सभापतिमा विजयी भएका छन् । केसी समुहका ऋषिकुमार तामाङलाई भारी मतान्तरले पराजित गर्दै देउवा पक्षिय उमेदवारले प्यानल सहितको जित निकालेका हुन । नुवाकोट क्षेत्र नंवर १ प्रकाशशरण महतले चुनाव लड्ने तयारी गरिरहेको निर्वाचन क्षेत्र पनि हो । यस्तै नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा (ख) को प्रदेश कार्यसमिति सभापतिमा देउवा खेमाका बहादुरसिंह लामा समर्थित उमेदवार गणेशमान तामाङ निर्वाचित भएका छन् ।

सभापतिका लागि दुईजना उम्मेदवार रहेकोमा गणेशमानले २४२ पाए भने उनका प्रतिद्वन्दी रामचन्द्र पौडेल खेमाबाट केसी दाजुभाईको समर्थनमा उमेदवार बनेका आतमसिंह तामाङले १५२ मत मात्र प्राप्त गरे । नुवाकोट २ नंवर क्षेत्रको प्रदेश सभा ‘क’ को सभापतीमा पनि बहादुर निकटका बैकुण्ठबहादुर पाण्डे विजयी भएका छन । केसी दाजुभाईले आफ्नो प्रभाव देखाउन सक्ने ठानिएको सो क्षेत्रमा समेत अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ लाई हराउँदै देउवापक्षिय उमेदवार पाण्डे विजयी बनेका हुन ।

यही मंसिर ६ गते हुने क्षेत्रीय कार्यसमितीको निर्वाचनमा देउवा पक्षबाट सभापतीको उमेदवार नुवाकोट १ मा धुर्व श्रेष्ठ, नुवाकोट २ मा जगतवहादुर तामाङ रहेका छन । यस्तै आगामी मंसिर १० गते हुने जिल्ला कार्यसमितीको निर्वाचनमा देउवा-संस्थापन पक्षबाट चोकराज शाक्यले जिल्ला सभापतीको उमेदवार घोषणा गरेका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा