शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना खोप : १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आज बाट


  • आइतबार, मंसिर ५ २०७८
7.9K
SHARES

फाइल तस्विर

कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार फाइजरका लागि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्नेछन् ।

‘आज, भोलि र पर्सिका लागि १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई खोप दिने भनिएको हो । तर खोपको मौज्दात कम छ । खोप लगाउन कति आउनुहुन्छ, त्यसैको आधारमा कति समय खोप अभियान चल्छ भन्ने हो,’ उनले भने ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको हो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा