एमाले उपाध्यक्ष भीम रावलले भारतीय बाबा रामदेवलाई टिभी खोल्न दिनु कानूनको निर्लज्ज उल्लंघन भएको बताएका छन् । नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन देशकै कानूनको निर्लज्ज उल्लंघन भएको रावलको टिप्पणी छ ।
प्रम देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु, त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन ह’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’
हिजो रामदेवको दुई टेलिभिजन च्यानल प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए भने सो क्रममा रामदेवलाई जग्गा उपलब्ध गराउने घोषणा समेत गरेका थिए । सो कार्यक्रममा प्रचण्ड, माधव नेपाललगायतका नेताहरुको लर्को लागेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।