बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सभापतिका तीन आकांक्षीको प्रस्ताव : मेरो नाममा सहमति गरौं


  • शनिबार, मंसिर ४ २०७८
11.9K
SHARES

फाइल तस्विर

१४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार टुंगो लगाउने विषयमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका सभापतिका आकांक्षीहरुबीच शनिबार छलफल भएको छ ।

छलफलका लागि शनिबार साँझ वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइराला महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा पुगेका थिए । सभापतिमा दावी गरेका पौडेल पक्षका अर्का नेता डा. शेखर कोइराला भने विराटनगरमा भएकाले छलफलमा सहभागी भएनन् ।

करिब एक घण्टा भएको छलफलमा तीनैजना नेताले आफ्नो नाममा सहमति गर्न आग्रह गरेका कारण सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने भन्दै शनिबारको छलफल अन्त्य भएको पौडेल पक्षका एक नेताले बताए ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैलाई मिलाएर जानुपर्ने भएकाले सभापतिमा आफ्नो उम्मेदवारी नै उपयुक्त विकल्प भएको बताए । उनले आफू तीन तहको निर्वाचन गराएपछि विदा लिने र प्रधानमन्त्री पनि नहुने भन्दै अरु कसलाई कहाँ एडजस्ट गर्ने भन्ने विषयमा छलफल गर्न प्रस्ताव गरेका उनी निकटका एक नेताले अनलाइनखबरलाई बताए ।

तर पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूले सभापतिमा प्रतिस्पर्धा गर्न तयारी धेरै अगाडि बढाइसकेको भन्दै पार्टीभित्र शक्ति बाँडफाँट (पावर सेयरिङ)का विषयमा छलफल गर्न प्रस्ताव गरे ।

महामन्त्री डा. शशांक कोइरालाले आफू पनि सभापतिमा बलियो उम्मेदवार रहेको भन्दै पौडेल समूहबाट एक जना मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिए । जो उठे पनि एक जना उठौं’ उनको प्रस्ताव थियो ।

नेताहरुका अनुुसार १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट विस्थापित गर्ने गर्ने र एक अर्काका विषयमा सार्वजनिक टिप्पणी नगर्ने विषयमा तीनै जना नेता सहमत भएका छन् ।

बैठकपछि वरिष्ठ नेता पौडेलले आफूहरुबीचको छलफल सकारात्मक रहेको र यसलाई निरन्तरता दिने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा