मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

माओवादी केन्द्र टोखा वडा नं. ४ को अध्यक्षमा रमेश श्रेष्ठ


  • KTM Khabar
  • शनिबार, मंसिर ४ २०७८
1.5K
SHARES

४ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) टोखा नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिवार भएको वडा सम्मेलनले श्रेष्ठको नेतृत्वमा २९ सदस्य वडा कमिटी निर्वाचित गरेको हो ।

देशै भर नेकपा (माओवादी केन्द्र) ले वडा अधिवेशन आज सम्पन्न गरेको छ । सोही अनुरूप टोखा नगरपालिकामा पनि माओवादी केन्द्रले सबै वडाहरूमा आज अधिवेशन सम्पन्न गरेको छ । वडा नम्बर ४ मा पनि वडा भेला मार्फत श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत गरेका हो ।

वडा अधिवेशन बाँसबारी, भेटघाट चोकमा रहेको फ्रेण्डसिप क्याफेमा भएको थियो ।

यस्तो छ श्रेष्ठ नेतृत्वको नयाँ कमिटी पदाधिकारी:

अध्यक्ष: रमेश श्रेष्ठ
उपाध्यक्ष: सुरेन्द्र श्रेष्ठ
सचिव: कृष्ण वि.क.
सहसचिव: चेत बहादुर थापा
कोषाध्यक्ष: सुनिता भण्डारी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा