नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी घोषणा गरेर आसन्न महाधिवेशनमा नेपाली काँग्रेसको सभापतिमा कसैलाई नछोड्ने बताइ सकेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा अटाएका नेता सिंह बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत समर्थन गरेर शेरबहादुर देउवा विरुद्ध आफूलाई साझा उम्मेदवार बनाउनु पर्ने पक्षमा उभिएको देखिन्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले साथ नदिए पनि हर हालतमा आसन्न महाधिवेशनमा सभापति लड्ने नेता सिंहले सार्बजानिक रूपमा बताई सकेका छन् ।
रामचन्द्र पौडेल पनि आफै सभापति लड्ने दाउमा देखिन्छन तर साझा उम्मेदवार नहुने भए रामचन्द्र भन्दा स्वत प्रकाशमान बलियो पोजिसनमा भएको काँग्रेस स्रोत बताउँछ ।
प्रकाशमान सिंह नेपाली काँग्रेस पार्टीमा ग्रास लेबल देखी उदाएका लौह पुरुष गणेशमान सिंहका छोरा हुन । रामचन्द्र पौडेल खेमामा समेत पौडेल पछि पार्टी प्रतिको योगदान र विभिन्न पोजिसनमा रहेर काम गरेको अनुभवका हिसाबले समेत दोस्रो पोजिसनमा देखिन्छन् ।
नेता सिंहले विभिन्न बैठकहरूमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अभिभावक बनेर बस्न र आफूलाई सहयोग गरेर जान अनुरोध गरिसकेका छन् । सोही अनुसार नेता सिंह आफ्नो पोजिसन बलियो बनाउन लागेको स्रोत बताउँछ ।
सिंहले पौडेल समूहमा रहेका र अन्य समूहका असन्तुष्टहरूलाई बिस्तारै आफ्नो पक्षमा तान्न थालेका छन् । अर्का प्रभावशाली नेता गगन थापा पनि सिंहको पक्षमा खुलेका छन् । उनी यसअघि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा थिए ।
काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा प्रकाशमान सिंहको पकड बलियो देखिएको छ । यस कारण पनि उत्साही भएका छन् । काँग्रेसमा व्यक्तिगत पकडका हिसाबले सभापति शेरबहादुर देउवापछि प्रकाशमान सिंह बलियो देखिएका छन् ।
अब उनले देउवालाई सभापतिमा चुनौती दिने सम्भावना बढेको छ । उनले टिम बनाएर १४औं महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरिसकेका छन् ।