नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवाहरू माझ भाषणकलाका कारण लोकप्रियता कमाएका गगन थापा काँग्रेसको तेस्रो धार कृष्ण प्रसाद सिटौला निकट मानिँदै आएका थिए ।
गत महाधिवेशनमा सिटौला खेमाबाट महामन्त्री लडेर हारेका थिए । आसन्न महाधिवेशनमा पनि गगन थापाको गतिलो छाटकाट नभएको जनकारहरू बताउन थालेका छन् ।
आसन्न १४ औ महाधिवेशनमा समेत महामन्त्रीको उम्मेदवारी घोषण गरी सकेका गगन थापा सिटौला क्याम्पबाट भने बाहिरिएका छन् ।
अहिले गगन थापा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा गएको चर्चा जति छ त्यति नै रमचन्द्र समूहमा समेत अटाउन नसक्ने चर्चा काँग्रेसीहरूमा सुरु भएको छ ।
काठमाण्डौ क्षेत्र नम्बर ४ का सांसद थापा काठमाण्डौमा काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहको पकड बलियो देखेपछि अहिले प्रकाशमान सँग महाधिवेशनमा तालमेल गरेका छन् ।
प्रकाशमान सभापतिमा लड्ने तयारी मा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिमा लड्ने बताई रहेका बेला पौडेल समुह दुई टुक्रा हुने देखिएको छ ।
अहिले प्रकाशमान निकट देखिए पनि स्वयम प्रकाशमानले गगन आई आफ्नो समूहमा स्विकारी नसकेको जानकारहरू बताउँछन् । यदि प्रकाशमानकै समूह बाट महामन्त्री गगन लडे भने पनि गत १३ औ महाधिवेशनकै जस्तो मत आउने र गगन थापा महामन्त्रीमा हार्ने जनकारहरू बताउँछन् ।
देउवा खेमामा पस्ने गगनको दाउ पनि देउवा खेमामा धेरै नेताहरू महामन्त्रीका आकाङ्क्षी भए सँगै पुरा हुने देखिँदैन । रामचन्द्र र प्रकाशमान दुवै सभापति लडे भने झनै गगनको महामन्त्री बन्ने सपना सकिने जनाकारहरू बताउँछन् ।
१३ औ महाधिवेशन सिटौलाले गगनलाई महामन्त्री हारे पनी मन्त्री बनाएका थिए । तर अहिले थापाले सिटौलालाई एकाएक छोडेर अवसर को खोजीमा रामचन्द्र पौडेल क्याम्पमा आए पछि नेता सिटौला रुष्ट बनेका छन् ।
गगन लाई आसन्न १४ महाधिवेशनमा महामन्त्री जित्न मुस्किल पर्ने काँग्रेस वृत्तमै चर्चा हुन थालेको छ । उनी जित्छन् या हार्छन् महाधिवेशनको नतिजा लेनै थाहा पईने भए पनि अहिले गगन थापाको जित सुनिश्चित भने छैन ।