शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बार परिसरमै छिरेर वकिहरूलाई धम्की दिने दुई जना पक्राउ, टेकु थुनामा


  • शुक्रबार, मंसिर ३ २०७८
11.8K
SHARES

फाइल तस्विर

प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसोसिएसन आबद्ध कानुन व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् ।

बिहिबार बिहान बार एसोसिएसनमा गएर आन्दोलनरत कानुन व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गए राति दुई जनालाई पक्रको हो ।

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन् । अन्य दुई फरार छन् ।

बौद्धबाट राति पक्राउ परेका दुबैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

आन्दोलनरत कानुन व्यवसायीलाई योजनाबद्ध रुपमा धम्की दिइएको हो वा अन्य कारण भनेर प्रहरीले अनुसन्धान गरिरहेका छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा