शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सर्लाहीमा कांग्रेसका निर्वाचन अधिकृतले भेटे दनक !


  • बिहिबार, मंसिर २ २०७८
10K
SHARES

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो ।

सर्लाहीमा बिहीबारका लागि वडा अधिवेशन तय भएको थियो । तर अधिवेशन सुरु नहुँदै मलंगवामा रहेको पार्टी कार्यालयमै निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिएका हुन् । पाण्डेले एक पक्षीयरुपमा वडाहरुमा मतदान अधिकृत तोकेको भन्दै पौडेल समूहका कार्यकर्ताले कुटपिट गरेको बताइएको छ ।

सर्लाहीका पूर्वजिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालले निर्वाचन अधिकृतको भूमिका निष्पक्ष नभएको बताए । ‘उहाँको भूमिका निष्पक्ष भएन । जिल्ला सभापतिको निर्देशनमा काम गर्नुभयो,’ उनले भने, ‘पार्टी कार्यालयमा सचिवालय राख्ने र शिक्षक संघले दिएको नामबाट निर्वाचन अधिकृत तोक्ने समझदारी भएको थियो तर त्यसको विपरीत एकपक्षीय रुपमा मतदान अधिकृत तोकियो ।’

सर्लाहीमा यसअघि निर्वाचन अधिकृतका रुपमा गएका विनोद कार्कीले राजीनामा दिएपछि पाण्डेलाई केन्द्रले पठाएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा