शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशका विरुद्धमा सर्वोच्चका वकिलहरूले खुट्टो उचाले, यस्तो सम्म भयो…


  • बिहिबार, मंसिर २ २०७८
11.1K
SHARES

फाइल तस्विर

सर्वोच्च अदालत जनताको न्याय पाउने थलो हो । तर अहिले दिनदिनै आन्दोलन हुँदै आएको छ । प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबराले राजीनामा दिनु पर्ने माग सहित कानुन ब्यबसायीहरु आन्दोलनरत छन् ।

सर्वोच्च अदालत प्रशासनले वकिलहरूमाथि बल प्रयोग गरेको छ । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरूलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो । त्यही क्रममा घम्साघम्सी समेत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरूले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।

मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् ।

वैकल्पिक गेट अगाडी बसेर वकिलहरूले धर्ना दिन खोजिरहेका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । आन्दोलन र घम्साघम्सीको क्रममा कानुन व्यवसायीहरूले खुट्टा उचालेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

राणाबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा