शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सर्वोच्चको आँगनमा भएको के हो ?, रातो कारमा एक दर्जन युवा आए, वकिलहरूसँग फाइट गरे अनि टाप कसे


  • बिहिबार, मंसिर २ २०७८
15.7K
SHARES

फाइल तस्विर

सर्वोच्च अदालत मन्दिर हो भनिन्छ । जहाँ जनताले न्याय पाउने गर्छन् तर अहिले आन्दोलनको अखडा बनेजस्तो देखिन थालेको छ । महिना दिन देखि कानुन व्यवसायी हरू धर्ना र आन्दोलनमा उत्रिएका छन् । दिन दिनै प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा मागेर कानुन व्यवसायी हरू आन्दोलनमा उत्रिएका छन् ।

आज अदालत परिसरमा अनौठो दृश्य देखिएको छ ।  बिहीबार दिउँसो अलिक फरक दृश्य सर्वोच्च प्राङ्गणमा देखिएको हो। वकिलहरूको शान्तिपूर्ण आन्दोलन क्रममा प्रहरी हस्तक्षेप पनि भएको थियो । त्यस लगत्तै केही युवाहरू आए । र, आन्दोलनरत वारका वकिलहरूलाई गाली गलौज गरे ।

ती युवाहरू आएर सर्वोच्चको प्राङ्गणमै प्रवेश गरेर वकिलहरूलाई कालो कोट च्याती दिनेसम्मको धम्की दिए। त्यसपछि ती युवाहरू र वकिलहरूबिच घम्साघम्सी नै चल्यो ।
करिब १ दर्जन युवाहरू रातो कारमा चढेर आएका थिए । उक्त युवकहरूको टोली र वकिलहरूबिच हानाहानको स्थिति नै बनेको थियो । ती युवाहरू को हुन् भन्ने खुलेको छैन । केही वकिलहरूले ती युवाहरू मदिरा पिएर आएको आरोपसमेत लगाएका छन् ।

उनीहरूले आफ्नो रातो कारलालाई स्वास्थ्य मन्त्रालय अगाडीको भागमा राखेर सर्वोच्च परिसरमा प्रवेश गरेका थिए । वकिलहरू पनि प्रतिकारमा उत्रिएपछि उनीहरू हतार हतार त्यहाँबाट निस्किएका समाचार बाहिरिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा