सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको छ । निर्धारित समयभन्दा केही ढिलो गरी बैठक सञ्चालन भएको छ ।
बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ न्यायाधीशको सहभागितामा फुलकोर्ट जारी छ ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि फुलकोर्ट बोलाएपछि न्यायाधीशहरू बैठकमा सहभागी भएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।