सर्वोच्च अदालतमा जारी आन्दोलनले उग्र रुप लिएको छ । अदालतको आन्दोलन र गतिरोध लम्बिँदै जाँदा समाधानको उपाय कतैबाट नदेखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुलकोर्ट’ बैठक बोलाएका छन् ।
तर उक्त बैठकमा अन्य न्यायाधीशहरु आउने या नआउने निक्र्यौल छैन, यसअघि प्रन्या जबराले बोलाएका बैठक असन्तुष्ट न्यायाधीशहरुले बहिस्कार गर्दै आएका थिए ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चकै न्यायाधीश तथा नेपाल बार एसोसिएन आबद्ध वकिलहरु करिब १ महिनादेखि आन्दोलनमा छन् । तर आन्दोलन मत्थर हुने नदेखेपछि निकासका लागि प्रन्या जबराले फुलकोर्ट बैठक बोलाएका हुन् । स्रोतका अनुसार सर्वोच्चमा आन्दोलनरत १३ जना न्यायाधीश ‘फुलकोर्ट’ बोलाउन तयार भएपछि उक्त बैठक बोलाइएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।