शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मंसिर ४ र ५ मा परिवार दलको महाधिवेशन


  • बिहिबार, मंसिर २ २०७८
11.4K
SHARES

नेपाल परिवार दलले यही मंसिर ४ र ५ गते महाधिवेशन गर्ने भएको छ। पार्टीको तेस्रो महाधिवेशन काठमाडौंमा हुने परिवार दलले जनाएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी अध्यक्ष एकनाथ ढकालले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। परिवार दलको केन्द्र र प्रदेशको समिति १०१ सदस्यीय हुनेछ।

महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्षसमेत १०१ कार्यसमिति निर्वाचित गर्ने पार्टीले जनाएको छ।

महाधिवेशनका लागि एक हजार पाँच सय प्रतिनिधि आउनेछन्। यीमध्ये सात सय प्रतिनिधि मात्रै भौतिक रूपमा आउनेछन् भने अरू भर्चुअल रूपबाट सहभागी हुने प्रवक्ता सन्तोषकुमार पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ। महाधिवेशन तयारीका लागि विभिन्न १५ उपसमिति बनेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा