नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस प्रचण्ड पथमा गयो गयो भन्दै ठोकुवा गरेका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले काँग्रेसका कार्यकर्ता के हेरेर अझै काँग्रेसमा बसिरहेको भन्दै प्रश्न गरे । ‘कहाँ छ विपी कोइरालाको काँग्रेस ? गणेशमानको काँग्रेस, कहाँ छ कृष्णप्रसाद भट्टराई हुँदाको काँग्रेस ? अहिले त प्रचण्डले जे अह्रायो त्यहीँ’ओलीको भनाइ छ । उनले काँग्रेसलाई अहिले एउटा प्रधानमन्त्रीको कुर्सी भए पुगेको भन्दै अव काँग्रेस एक्लै एमालेसँग चुनाव लड्न नसक्ने दावी समेत गरे ।
चार हात टेकेर हिँड्छ काँग्रेस । चुनावसम्म गठबन्धन रे, म काँग्रेसलाई सोध्न चाहान्छु एमालेसँग एक्लै चुनावमा लड्ने दम छ ? सक्छ एमालेसँग एक्लै लड्न काँग्रेसले ? काँग्रेस हिजोको छैन बुढो भयो । अव काँग्रेस अरूसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन’, ओलीको टिप्पणी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।