शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

म शक्तिशाली नै रहेको छु, विकास निर्माण कार्यमा कुनै समस्या हुदैन : प्रचण्ड


  • बुधबार, मंसिर १ २०७८
7.1K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि शक्तिशाली नै रहेको बताएका छन् । गठबन्धनमा आफू शक्तिशाली भएको कारणले विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताएका छन् ।

बुधबार महोत्तरीमा पार्टीद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

उनले तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने पनि बताए । समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको बताउँदै उनले मिटरव्याजीबाट पीडित किसानहरुले आफूलाई सबै कुराको जानकारी गराएको बताए ।

प्रदेश २ माओवादी केन्द्रको कब्जामा नआएसम्म मधेशको कुनै कल्याण नहुने दावी गर्दै उनले प्रदेश २ मा पार्टीलाई सबभन्दा बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

संविधान संशोधनका लागि कसैले धोकाधडी गरे फेरि सडकबाट त्यसलाई गलहत्याइने चेतावनी दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा अ‍ोलीले मधेशीका लागि संविधान संशोधन नगरेको कारण जनताले सडकबाटै हटाइएको जिकिर गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा