नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए पार्टी र सरकारमा द्वन्द्व निम्तिने बताएका छन् । बुधबार भैरहवामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा खांणले पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै जिताउनुपर्ने बताए ।
‘पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को व्यक्ति हुँदा त्यसले पार्टी र सरकार दुबै ठाउँमा द्वन्द्व पैदा गर्छ’ खाँणले तर्क गरे, ‘अहिले प्रधानमन्त्री देउवा भएकाले सभापतिमा पनि उहाँलाई नै जिताउनुपर्छ ।’
वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने संकल्प लिएको बताउदै उनले हतियार नबुझाएका शक्तिलाई हतियार बुझाउन आग्रह गरे ।
विप्लव समूहसंग वार्ता अघि बढिसकेकाले उनीहरुको राजनीतिक मागलाई सम्बोधन गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकार लागिपरेको पनि उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।