शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड


  • बुधबार, मंसिर १ २०७८
9.9K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक-दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ-आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गरे ।

‘हामी अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा